GBIME

मंगलबार पनि बढ्यो शेयर बजार, २ हजार माथि पुग्यो नेप्से

402
shares

काठमाडौं, १५ आज मंगलबार पनि शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सेञ्न (नेप्से) ९.३४ अंकले बढेर २००१.६४ अंकमा पुगेको छ ।

आज १ अर्ब ८६ करोड ९८ लाख १३ हजार बराबारको ५२ लाख ३९ हजार ४१६ वित्ता शेयर किनबेच भएको छ ।

आज नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये १४३ वटा कम्पनीको शेयर बढेको छ भने ८९ वटा कम्पनीको शेयर घटेको छ । १६ वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।

उपसमुहमा ६ समुहको शेयर घटेको छ भने ७ उपसमुहको शेयर बढेको छ । बटर्स नेपाल (बालाजु)को शेयर आज पनि १० प्रतिशतले बढेर सकारात्मक सक्रिट हानेको छ भने विपीडब्लु लघुवित्तको पनि पोटेटिभ सक्रिट हानेको छ ।