GBIME

प्रभु बैंकका डिसिईओ पक्राउको विषयमा बैंकर्स संघको बैठक : धरपकड नरोकिए बैंकिङ काम नै ठप्प पार्नेसम्मको निर्णय

1.16K
shares

काठमाडौं, १६ फागुन । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाईकेन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिजो पक्राउ गरेपछि नेपाल बैंकर्स संघको आकस्मीक बैठक बसेको छ । बुधबार बसेको आकस्मीक बैठक सकिएर केही निर्णयहरु समेत गरेको छ ।

आज बसेको पूर्ण बैठकले काम नै ठप्प पार्ने सम्मको निर्णय गरेको छ । पहिलो चरणमा प्रधानमन्त्री, गृह मन्त्री, प्रहरीका उच्च पदस्थ अधिकारीलाई भेटेर ध्यानकर्षण गरनाउने निर्णय भएको संघका एक सदस्यले बताएका छन् ।

ति सदस्यका अनुसार संघको माग सम्बोधन नभए काम नै ठप्प पार्ने र आन्दोलनमा समेत उत्रिने निर्णय भएको छ । बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका बारेमा सिआईबी र प्रहरीलाई बताउने समेत निर्णय भएको छ ।

‘धितोका बारेमा प्रहरीको बुझाइ गलत भएको हाम्रो निर्णय भएको छ’, एक सदस्यले भने, ‘यो विषयमा राष्ट्र बैंकलाई समेत पक्राउ परेको विषयमा जानकारी गराउने निर्णय भएको छ ।’

‘पहिलो चरणमा देशका उच्च पदस्त अधिकारीलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको छ’, संघका एक सदस्यले केटिएम भ्वाइससँग भने, ‘माग सम्बोधन नभए, बैंकको सबै काम ठप्प पार्ने, आन्दोलनमा उत्रिनेसम्मको कर्या गर्ने निर्णय भएको छ ।’

संघको बैठक बिहान करिब साढे ९ बजेदेखि सुरु भएको थियो । साढे ११ बजेको आसपासमा संघको बैठक सकिएको थियो ।

Follow Up

प्रभु बैंकका डेपुटी सीईओ पक्राउ

प्रभु बैंकका डेपुटी सीईओ पक्राउ

सेञ्चुरी बैंकको बदमासीले व्यवसायी सडकमा

सेञ्चुरी बैंकको बदमासीले व्यवसायी सडकमा

किन समातिए प्रभु बैंकका डिसिईओ ? यस्तो छ इतिवृतान्त

किन समातिए प्रभु बैंकका डिसिईओ ? यस्तो छ इतिवृतान्त