Dhulikhel Eco Banner new
NCHL Banner 2081

‘६ महिना मात्र कर्पोरेट/इन्फ्रामा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर हुदैनन’

2.89K
shares

काठमाडौं, १६ फागुन । नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवलीले ‘६ महिना मात्र कर्पोरेट÷इन्फ्रामा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर नहुँने बताएका छन् ।  प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाईकेन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिजो पक्राउ गरेपछि उनले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।

‘कुनै बैंकले प्रवाह गरेको कर्जा खÞराब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिंग कसुर लगाउने अनि प्रधानमन्त्रीदेखि सीईओ/बोर्ड सम्मलाई हथकड़ी लगाउने हो’, ज्ञवलीले लेखेका छन्, ‘ हो भने छ महिना मात्र कर्पोरेट/इन्फ्रा मा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर हुदैनन ।’

ज्ञवलीले जसलाई मन लाग्छ उसलाई एक हप्तामा फाईल खोलर जेल हाल्दे हुन्छ समेत भनेका छन् । व्याक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेईमानी गर्ने बैंकरलाई हदैसम्मको कराबाही गर्नुपर्ने तर, सामान्य बैकिंग अभ्यास सम्म नबुझि कुनै पेशाकर्मीलाई दुःख दीनु गÞलत भएको डेपुटी सिइओ ज्ञवलीको भनाई छ ।

‘रिसिवी साध्न, दुःख दिने नियतले गरिएको कर्म हो वा बैकिंग नबुझि गरेको काम हो भने म खेद प्रकट गर्छु’, ज्ञवलीले लेखेका छन्, ‘जहांसम्म तुलसीराम गौतम जस्ता बैंकरले बदमासी गरेको चार्ज बैकिंग सेक्टरलाई पत्याउन मुस्किल छ ।’

अन्य बैंकको बरेमा भन्न नसक्ने तर मनोज, दिपेश र राजेशले घुस खाए, बेईमानी गरे भनेर आफु पत्याउन नसक्ने ज्ञवलीले बताएका छन् । ‘धितो पर्याप्त लिई कर्जा प्रवाह गरेको र घुस खाएको छ भने सजाय हुनुपर्छ, जो बदमास छ अनुसन्धान गरेर उसैलाई समात्ने कÞानूनी व्यबस्था भएको भए सबैतिर त्रास हुन्थेन की ?’, ज्ञवलीले लेखेका छन् ।

उनीहरु बदमासी छैन भने उन्मुक्ति पाउने तर, त्यसको लागि सेटिंग कति मिलाउनु पर्ने हो ? उनीहरुले भोगेको मानसिक तनाव को क्षतिपूर्ति कसरी हुन्छ ? के बैकहरुले अब रियलेस्टेट र घर कर्जा वा मार्जिन लैण्डिंग मात्र गर्ने हो ? भन्दै उनले प्रश्न गरेका छन् ।

‘घर कर्जा, व्याक्तिगत कर्जा, रियलस्टेट कर्जा प्रवाह गर्दा घर जग्गा धितो मूल्यांकन गराई धितो को ५० प्रतिशत देखि ७० प्रतिशतसम्म दिन मिल्दछ तर व्यावसायिक कर्जा÷ कर्पोरेट कर्जा÷ इन्फÞ्रास्ट्रक्चर कर्जा प्रवाह गर्दा स्टक, र परियोजनको लागतको आधारमा प्रवाह गर्न मिल्दछ, यस्तो कर्जामा धितो भनेको उक्त परियोजना , स्टॉक मात्रै पनि हुन सक्दछ’, ज्ञवलीले नोट भन्दै लेखेका छन्, ‘संसारभरको बैंकिंग प्राक्टिस यही हो ।’

अन्तमा ज्ञवलीले ‘जय होस !!’ भनेका छन् ।

Follow Up

प्रभु बैंकका डिसिईओ पक्राउको विषयमा बैंकर्स संघको बैठक : धरपकड नरोकिए बैंकिङ काम नै ठप्प पार्नेसम्मको निर्णय

प्रभु बैंकका डिसिईओ पक्राउको विषयमा बैंकर्स संघको बैठक : धरपकड नरोकिए बैंकिङ काम नै ठप्प पार्नेसम्मको निर्णय

ऋण दिने समातिए, वित्तीय अराजकता फैलाउनेलाई केहि हुँदैन ?

ऋण दिने समातिए, वित्तीय अराजकता फैलाउनेलाई केहि हुँदैन ?

प्रभु बैंकका डेपुटी सीईओ पक्राउ

प्रभु बैंकका डेपुटी सीईओ पक्राउ

किन समातिए प्रभु बैंकका डिसिईओ ? यस्तो छ इतिवृतान्त

किन समातिए प्रभु बैंकका डिसिईओ ? यस्तो छ इतिवृतान्त

सेञ्चुरी बैंकको बदमासीले व्यवसायी सडकमा

सेञ्चुरी बैंकको बदमासीले व्यवसायी सडकमा