GBIME

हेर्नुहोस् मनै लोभ्याउने ६ तस्विर

696
shares

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा लेक र पृष्ठभूमिमा रहेको धवलागिरी हिमालको दृष्य । समुन्द्रि सतहदेखि ३ हजार ६०० मिटर उचाइमा रहेको खोपारा लेक सूर्योदय र हिमालको दृष्य अवलोकनका लागि नयाँ गन्तव्यको रुपमा विकास हुन थालेको छ ।
तनहुँको व्यास नगरपालिका–१० देवीडाँडामा रहेको गोहीको मुख आकारको ढुङगा । गोहीको मुख आकारको ढुङगाले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका-५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा फैलिएको कृतिम जलाशय । लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा मन्दिर व्यावस्थापनको सातलाख गरी करीब दुई करोडको लागतमा शिव सरोवरको निर्माण भएको हो ।
टोकियोे जिन्जा टावरबाट एक साता अगाडि कैद गरिएको गगनचुम्बी महल र समुद्रसहितको दृश्य ।
शुक्लाफाँटा नगरपालिका २ ढकनियाँ स्थीत झारखण्डी ताल नजिकको आकासमा उडदै गरेको भुँडिफोर गरुड ।