‘नेक्सजेन म्यानेजमेन्टको शुरुवात धेरै उत्साहप्रद छ, सहि समयमा आँट गर्यौ’
![KTM Voice KTM Voice](https://www.ktmvoice.com/wp-content/themes/new_theme_ktmvoice/images/small_icon.jpg)
वि.सं.२०८० चैत २ शुक्रवार १०:२६
shares
![image image](https://i0.wp.com/www.ktmvoice.com/wp-content/uploads/2024/03/Ramesh-Bhattarai-Nexen-1.jpg?fit=1400%2C750&ssl=1)
नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कारोबार प्रारम्भ गरेको पहिलो महिनामा नै उत्साहप्रद कारोबार गरेको छ । सम्पति व्यवस्थापन र व्यवसायिक परामर्शदाताको सेवा दिने कम्पनीको रुपमा स्थापित यसले गएको फाल्गुन २ गते वसन्त पंचमिको दिनबाट काम शुरु गरेको हो ।
पूर्व बैंकर र विभिन्न व्यवसायिक क्षेत्रका विज्ञहरु मिलेर आर्थिक मन्दीको बेला सञ्चालन गरेको नेक्सजेनको पहिलो महिनाको अनुभव कस्तो रह्यो ? त्यस बिषयमा कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंशः
गत फागुनबाट काम शुरु गर्नु भयो, पहिलो महिनाको अनुभव कस्तो रह्यो ?
काम शुरु गरेको तीन महिनाभित्र आवश्यक संरचना बनाउने, विज्ञहरुको रोष्टर तयार गर्ने, सातै प्रदेशमा कार्यरत विज्ञ समूहसँग सम्झौता गर्ने र नेक्सजेनले गर्ने कामको व्यापक प्रचार प्रसार गरि ब्राण्डिङ गर्ने कार्यक्रम बनाएका थियौ । समस्य–ैसमस्याको बेलामा काम प्रारम्भ गरेको भएता पनि हामीले सोचेको भन्दा धेरै राम्रो रेस्पोन्स र काम पाएका छौं ।
देश आर्थिक रुपमा अस्त ब्यस्त छ, सरकारले चाहेर पनि केही गर्न सकेको छैन । यस्तो प्रतिकुल समयमा पनि के त्यस्तो काम पाउनु भयो होला र ?
आर्थिक संकटको समयमा काम शुरु गर्दा हामी धेरै आशावादि थिएनौँ । समय लागे पनि राम्रो गर्न सकिने हिम्मत र विश्वास चाहिँ थिया । गलत समय भनेको एकदम सहि समयमा काम शुरु गरिएछ । नयाँ लोन प्रोसेसिङ, खराब कर्जाको सेटलमेन्ट, रि–फाईनान्स, व्यवसायिक भवन खरिद, प्रोजेक्ट बिक्रि, व्यवस्थापन करारमा दिने, नयाँ उद्योगको स्थापना जस्ता कामहरु आई सकेका छन । सोचेको भन्दा पनि बढि विश्वास र रेस्पोन्स हामीले छोटो अवधिमा पाएका छौ ।
कुन–कुन क्षेत्रमा कति कति काम पाउनु भयो ? ठ्याक्कै भनिदिनुस् न ।
सानो–सानो भए पनि नयाँ लोन प्रोसेसिगंको ७ वटा, खराब कर्जा सेटलमेन्टको २ वटा, रि फाईनान्सको एउटा, ठूलो कृषि परियोजनाको सम्भाव्यता र स्थापनाको एउटा, व्यवसायिक भवन खरिद र होटल परियोजना बिक्रिको १/१ वटा काम आईसकेको तथा व्यवस्थापन करारमा दिने गरि २ वटा उद्योगको फाईलहरुमा छलफल भैरहेका छ । क्षेत्रीय स्तरमा कारोबार बिस्तार गर्ने क्रममा दाङ घोराहिको विज्ञ समूहसँग समझौता भैसकेको छ ।
तपाईहरुलाई एक महिनामा आएको कामहरु हेर्दा आम्दानी पनि राम्रै भएको होला जस्तो छ नि ?
मैले अघि नै पनि भने देश अहिले आर्थिक संकटमा छ । उद्योगपति व्यवसायीको स्थिति एकदम नाजुक छ । यस्तो बेला कमाउने भन्दा सहयोगी भावना लिएर काम गरिरहेका छौ । प्रभु महालक्ष्मी लाईफबाट आर्थिक सुविधा सहित स्वेच्छिक अवकाश लिएका हामी केही मित्रहरु नेक्सजेनमा कार्यरत छौ ।
तीन महिना तलब नलिने सोच बनाएकोलेसँग अफिस चलाउने गरि एकदम न्युनतम शुल्क लिएर काम गर्दैछौ । त्यसैले अहिले नै कमाउने उद्देश्य राखेका छैनौँ । समस्या र दुखमा परेका ब्यवसायिलाई सक्दो सहयोग गर्ने प्रयास गरेका छौं ।
बैंकहरुको खराब कर्जा असुली र संकटग्रस्त सहकारीको व्यवस्थापनमा सल्लाहकार सेवा पनि दिने गरि सोसल मिडियामा सूचना आएको थियो । त्यस क्षेत्रमा केहि पहल भएको छ कि ?
हामी पुर्ब बैंकरहरु पनि नेक्सजेनमा छौँ । पुरानो कर्जा असुली र कर्जा व्यवस्थापनमा हामीसँग धेरै अनुभव छ । यसमा हामी ठोस उपलब्धि दिन सक्छौ भनेर वाणिज्य बैंकहरुलाई पत्राचार र सहकारीलाई सुचना दिएका थियौ । ४/५ वटा बैंक र केही सहकारीले हामीसँग सम्पर्क गरेर छलफल पनि गरेका छन् उनीहरु संकटमा छन र हामीले दिने भनेको विशेषज्ञ सेवा आवश्यक छ ।
तर बैंकहरु हामी माथिको विश्वासको कुरा गर्दै छन् भने सहकारीहरु भित्रको गोप्यता खुल्ने डरले सेवा लिन डराईरहेका छन् । हामी बैंक प्रमुख भएर अर्बौको कारोबार गरेका प्रोफेसनल हौँ । हामी माथि आँखा चिम्लेर विश्वास गर्न आग्रह गर्दछु । बैंक र सहकारीलाई समस्या परेको बेला व्यक्तिगत ईगो लिदा र अविश्वासको कुरा गर्दा कसैलाई फाईदा नहुने कुरा हामी सबैले बुझ्नु जरुरी छ ।
खराब कर्जा असुलीको काम बाहिरकालाई दिन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले रोकेको छ भनेर बैंक प्रमुखहरु भन्नुहुन्छ, खास कुरा के हो ?
बिकसित मुलुकमा लोन प्रोसेसिङको काम आउट सोर्सिगं हुन्छ । खराब कर्जा असुलीमा छुट्टै सञ्चालित सम्पति व्यवस्थापन कम्पनी जसलाई चलन–चल्तिमा ब्याड बैंक भनिन्छ । उनीहरुले गर्छन् । हामी कहाँ त्यो ब्यवस्था छैन ।
तर, बैंकहरुले विशेषज्ञ व्यक्ति वा कम्पनीलाई छोटो समयको लागि खराब कर्जा असुली सल्लाहकारको रुपमा राखेर असुलीलाई प्रभावकारि बनाउन कुनै ऐनले रोकेको त छैन । खराब कर्जाको बोझ बढदै गएमा बैंक डुब्न बेर लाउदैन, अनि बैंक प्रमुखको हाल के होला ? कसैले सोचेको छ ? त्यसैले ईगो र ऐनको कुरा छोडेर सिस्टम भित्र विज्ञको सेवा लिनुमा नै सबैको हित छ जस्तो लाग्छ ।
सम्पति ब्यवस्थापन कम्पनीको काम गर्ने भन्नुभयो । यसलाई त ठूलो पुँजी चाहिन्छ । नेक्सजेनको पुँजी चाहिँ कति हो ?
सम्पति व्यवस्थापन कम्पनीको लागि कम्तिमा ५० करोड पुँजी चाहिन्छ । राष्ट्र बैंकले यसको लागि नीतिगत र कानुनी व्यवस्था गरेको छैन । काम गर्न नपाए पछि पुँजी थुपारेर केही काम छैन । त्यसैले अहिले कमिसन र शुल्कबेस कामको लागि दुई करोड पुँजी राखेर काम गर्दै कमाउदै अनि अनुभव लिदै जाने र एक वर्ष भित्र पुँजी दश करोड पुर्याउने योजना छ । नीतिगत व्यवस्था भएपछि पचास करोड पुँजी पुर्याउने सोच र योजना बनाएका छौं ।
नयाँ काम शुरु गरि सक्नु भो, एक महिनाभित्र ग्राहकको रेस्पोन्स पनि हेर्नू भयो । नेक्सजेनको भविश्य कस्तो अनुमान गर्नु भएको छ ?
मर्निङ सोज द डे र राईट जब ईन राईट टाईम त सुन्नु र बुझ्नु भएकै होला । तपाईंसँग भिजन छ, टिम छ, हिम्मत छ, काम गर्ने जागर छ र ईमान्दारिता पनि छ भने शत प्रतिशत सफल भईन्छ ।
हामीले शुरु गरेको कामको मुलुकमा ठूलो आवस्यकता छ र अहिलेको संकटपुर्ण अवस्थामा व्यापक माग पनि छ । त्यसैले अबको पाच वर्षभित्र नेक्सजेनलाई यो क्षेत्रमा नेतृत्वदायि र सफल कम्पनीको रुपमा स्थापित गर्छौ । यो हाम्रो टिमको विश्वास हो ।