गभर्नर अधिकारीले निलम्बनविरूद्ध दिएको रिटमाथि आजबाट सुनुवाइ

870
shares

आफूलाई सरकारले गरेको निलम्बनविरूद्ध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आजबाट सुनुवाइ सुरू हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा आज पहिलो सुनुवाइ हुन लागेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए।
गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।
अधिकारीको पक्षमा राधेश्याम अधिकारी, सतिशकृष्ण खरेल, टीकाराम भट्टराई, हरिहर दाहाल, शम्भु थापा, तुलसी भट्ट, सुशील पन्तलगायत अधिवक्ताहरूले बहस गर्दैछन्।

Kumari Banner