GBIME

बर्खास्तमा परेका आचार्य भन्छन्– हाम्रो भेट राष्ट्र बैंकमै हुन्छ

1.68K
shares

काठमाडौं, ७ चैत । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यले राष्ट्र बैंककै उच्च तहकी महीलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा चैत ५ गते सोमबार बर्खास्त भए ।

राष्ट्र बैंक अन्तरगतको टक्सार महाशाखा प्रमुख रहेर काम गरेका आचार्यले बर्खास्त हुँदा कुनै विभागमा थिएनन् । गत चैत ५ गते थानेश्वरलाई राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहितको व्यवस्थापनले बर्खास्त गर्ने निर्णय गरेको थियो ।

थानेश्वलाई राष्ट्र बैंकबाट बर्खास्त भएपनि अन्य बैंक तथा वित्तीय संस्थामा काम गर्न पाउने बाटो  खुल्ला रहेको छ । उनी सरकारकै अन्य निकयमा विज्ञको रुपमा पनि जान सक्ने छन् ।

थानेश्वले भने आफु बाहिर भएकाले धेरै कुरा थाहा नभएको बताए । ‘उहाँहरुले मलाई कारबाही गर्नु भएको छ भन्ने जानकारी आएको हो, म उपत्यकामा छैन’, थानेश्वरले केटिएम भ्वाइससँग भने, ‘एक पटक निर्णय के भएको रहेछ त्यो हेरर म अगाडि बढ्छु ।’

थानेश्वर भने अफु राष्ट्र बैंकमै भेटिने बताउँछन् । ‘अब मैले पनि एउटा पक्रियामा त जानै पर्यो’, थानेश्वरले भने, ‘तपाई हाम्रो भेट राष्ट्र बैंकमा नै हुन्छ ।’

थानेश्वर बर्खास्त भएपनि उनले राष्ट्र बैंकबाट पाउने सेवा सुविधा भने सबै पाउने राष्ट्र बैंकले जनाएको छ । थानेश्वर राष्ट्र बैंकको उच्च व्यवस्थापनले गरेको निर्णय विरुद्ध अदालत जान सक्ने समेत राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका एक उच्च कर्मचारीका अनुसार थानेश्वर अदालत गएर अदालतले पूर्वबहाली गरेमा उनी फेरी राष्ट्र बैंक फर्किन सक्ने छन् । ‘उहाँ(थानेश्वर) कानुनि बाटोमा जान सक्ने कानुनि आधार त छ’, राष्ट्र बैंकका एक उच्च कर्मचारीले केटिएम भ्वाइससँग भने, ‘तर उहाँ के गर्नु हुन्छ त्यो उहाँको कुरा हो ।’

पुस २७ गते राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो । साही कार्यक्रमा थानेश्वरले बैंकका उच्च महीला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्ने आरोप लगेको थियो । सोही आरोपका आधारमा राष्ट्र बैंकले छानविन समिति बनाएर समितिले सिफारीस गरे अनुसार थानेश्वरलाई कारबाही गरेको थियो ।