GBIME

८ महिनामा १४ जीवन बीमा कम्पनीको आम्दानी ९८ अर्ब ५३ करोड १६ लाख

660
shares

काठमाडौं, १३ चैत । नेपालमा रहेको १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन महिनासम्ममा ९८ अर्ब ५३ करोड १६ लाख ७२ हजार रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त १४ कम्पनीले फागुन महीनामा मात्र कुल ११ अर्ब ६५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आवको फागुन महिनासम्ममा बीमा नबीकरण शुलक बापत ७९ अर्ब ८६ करोड ५५ लाख ४२ हजार आर्जन गरेका छन् । त्यस्तै, सोही अवधिमा प्रथप बीमा शुल्क बापत १८ अर्ब ६६ करोड ६१ लाख ३० हजार रहेको छ ।

चालु आवको ८ महिनासम्ममा १ करोड ३७ लाख ८० हजार २ जना सक्रिय बीमालेख संख्या रहेको प्रधाकिरणले जनाएको छ ।

१४ जीवन बीमा कम्पनीले फागुनमा मात्र ४ लाख १५ हजार ६७६ ओटा बीमालेख विक्री गरेर कुल ११ अर्ब ६५ लाख बीमा शुल्क आर्जन गरेका हुन् । यो बीमा शुल्क माघको तुलनामा भने ७.९७ प्रतिशत कम हो । माघमा १४ कम्पनीले कुल १२ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेका थिए ।

फागुनमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । एक महीनामा यस कम्पनीले ३ अर्ब ९ करोड बीमा शुल्क आर्जन गरेको हो । यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।

१४ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क राष्ट्रिय बीमा जीवन बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले २४ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको छ ।