सिटिजन बैंकको ‘रियल टाइम फिक्स टिपोजिट’का के हो ? के छ फाईदा ?

वि.सं.२०८० चैत १७ शनिवार १५:१६
shares

काठमाडौं, २१ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुलाई लक्षित गरेर विभिन्न योजनाहरु ल्याउने गरेको छ । त्यहि सिलसिलामा बैंकले रियल टाइम फिक्स डिपोजिट नामक एक योजना छ ।
उक्त योजनाबाट ग्राहकलाई लक्षित गरेर ग्राहकको सुविधाको लागि ल्याएको योजना भएको बैंकले बताएको छ । जसमा बैंक सम्म नआई नै उक्त सुविधा लिन सकिने छ ।
रियल टाइम फिक्स टिपोजिट भनेको आफैले आफ्नो कम्पियुटर, ल्याप्टप वा मोबाईलबाट घरमा बसि–बसि खोल्न मिल्ने मुद्दति खाता हो । यो खोल्न पनि त्यति नै सजिलो छ । मोबाईल बैंकको एम मार्फत नै सजिलै खोल्न सकिन्छ ।
कसरी खोल्ने ?
रियल टाइम फिक्स टिपोजिट खोल्न सिटिजन बैंकको मोबाईल एपमा लगिन गरि मोस अप्सनमा थिच्नु पर्छ । त्यसरी थिचिसेको पछि त्याहाँ फिक्स डिपोजिट लेखिएको बटनमा थिच्नु पर्छ । त्यसमा सिटिजनले दिने विभिन्न योजनाका प्रकारहरु देख्न सकिन्छ । त्यो योजना मध्ये आफुले चाहेको मुद्दत्ती खाताको योजना र जम्मा गर्ने अवधि रोज्नुपर्छ ।
त्यसमा आफुले जम्मा गर्ने चाहेको रकम उल्लेख गरेपछि आफ्नो इमेल ठेगान भर्नुपर्छ । प्रोसिडमा क्लिक गरेपछि आफुले लगाएको विवरण ठिक भए नभएको चाच्नु पर्छ । त्यो जाच गर्दा ठिक भएमा इमेल मार्फत मुद्दति खाता खोलिएको जानकारी प्राप्त हुन्छ । आफुले मुद्दतिमा राख्न चाहेको खाता भने आफ्नो बचत खातामा हुनुपर्ने हुन्छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
हाल बैंक ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।