Nepal Life Banner (End Date 5 Magh 2081)

सर्वोत्तमको शेयरमा नकारात्मक सर्किट, न्युनतम आइपीओ पार्नेले एकै दिनमा गुमाए साढे ५ हजार

29.84K
shares

काठमाडौं, १८ चैत । सर्वोत्तम सिमेन्टको न्युनतम आइपीओ पार्ने(५० कित्ता)ले एकै दिनमा ५ हजार ४१० रुपैयाँ गुमाएका छन् ।

आज आईतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सर्वोत्तमको शेयरमा ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किक हानेसँगै न्युनतम आइपीओ पार्ने सँगै अन्य लगानीकर्ताले पनि गुमाएका छन् ।

आज एकै दिनमा सर्वोत्तमको प्रतिकिता शेयरमा १०८ रुपैयाँ २० पैसाले घटेको छ । सो समाचार तयार पार्द सम्ममा सर्वोत्तमको प्रतिशेयर मूल्य ९७४ रुपैयाँ ५० पैसा रहेको छ ।

दोस्रो बजारमा आएको ८औँ दिन मात्र सर्वोत्तमको शेयर विक्री भएको छ । आज सर्वोत्तमको २ लाख ८२ हजार ५६१ रुपैयाँ बराबरको ७ हजार ३५६ कित्ता शेयर विक्री भएको छ ।

फागुन २५ गते सर्वसाधरणलाई आईपीओ बाडफाड भएको सर्वोत्तमको शेयर चैत ६ गतेबाट नेप्सेमा कारोबारमा आएको थियो ।

सर्वोत्तमले बुक विल्डिङ विधिमार्फत २ लाख ६७ हजार कित्ता विदेशमा रहेकाको लागि, ९ लाख ३० हजार कित्ता आयोजना प्रभावित व्यक्तिको लागि र २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणमा शेयर जारी गरेको थियो ।

प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा आईपीओमा न्युनतम ५० कित्ताका लागि आईपीओ खुल्ला गरेको थियो । आईपीओ बाडफाड भएर नेप्सेमा ओपनिङमै ५५६ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो ।