ग्रामीण विकास लघुवित्त कर्मचारीलाई तालिम
वि.सं.२०८० चैत १८ आइतवार १६:०६
shares
काठमाडौं, १८ चैत । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तालिम सम्पन्न गरेको छ ।
संस्थामा आवद्ध कर्मचारीहरूमा नेतृत्व सीप, तनाव व्यवस्थापन र सकारात्मक सोंचको क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संस्थामा क्रियाशील तीनवटै युनियनका सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा सदस्यहरु लगायत अन्य कर्मचारीहरु गरी १ सय १ जनाको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले तालिम कार्यक्रमको उद्घाटन गरेका थिए । कर्मचारीहरूले तालिममा सिकेका विषयहरुलाई व्यवहार र कार्य सम्पादनमा लागु गर्नु पर्ने सिइओ कटुवालले बताए ।
तालिम कार्यक्रममा कर्मचारीहरूमा तनाव व्यवस्थापन, सकारात्मक सोंच, नेतृत्व सीप र कार्य क्षमताको विकास, आदि विभिन्न विषयमा स्टाफ कलेजका पूर्व सिनियर डाइरेक्टर तथा क्लिनिकल साइकोलोजिष्ट बरिष्ठ प्रशिक्षक डा. केदार बहादुर रायमाझीले प्रशिक्षण दिएका थियो । तालिम समापनका अवसरमा सबै सहभागिहरूलाई संस्थाका सिइओ कटुवाले प्रमाणपत्र वितरण गरेका थिए ।
कटुवालले संस्थाको उन्नति र प्रगतिमा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने बताए । उनले वासलात र नाफा नोक्सान हिसावलाई राम्रो बनाउन कार्यक्षेत्रमा परिणाममुखी कार्य गर्नु पर्ने र यसका लागि कर्मचारीले परंपरागत व्यवहारमा परिवर्तन गरी ग्राहकहरूको बीचमा मुस्कान सहितको सेवा प्रदान गर्नु पर्ने विषयमा जोड दिएका थिए ।
संस्थाका नायव कार्यकारी प्रमुख दिपक प्रसाद पाण्डेले आगामी दिनमा समेत संस्थाले आन्तरिक तथा वाहय रुपमा सञ्चालन हुने विभिन्न तालिम कार्यक्रमहरुमा कर्मचारीहरुलाई थप सहभागिता गराउंर्दै जाने बताए । हालै देश व्यापीरूपमा संस्थाको कार्यक्षेत्र भित्र बसोवास गर्ने महिला तथा पुरूषहरूलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन र अन्तरप्रदेश रूपमा ग्राहकहरूको अवलोकन भ्रमण सम्पन्न गरिसकेको हुँदा संस्थाले समग्र पक्षलाई सम्बोधन गर्दै अगाडी बढिरहेको बताए ।
तालिम समापनका अवसरमा संस्थामा क्रियाशील तीनवटै युनियनका अध्यक्षहरू इश्वर प्रसाद लम्साल, अम्बर पौडेल र दिपेन्द्र लुइटेलले मन्तव्य व्यक्त गर्दै तालिममा धेरै विषयवस्तुहरू सिक्ने र बुझ्ने अवसर पाएको हुँदा तालिम अत्यन्त फलदायी रहेको बिचार व्यक्त गर्दै आगामी दिनमा समेत थप कर्मचारीहरूलाई समेत यस प्रकारका तालिम सञ्चालन गर्दै जानु पर्ने विषयमा जोड दिएका थिए ।