GBIME

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याललाई मातृशोक

474
shares

काठमाडौं, १८ चैत । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याललाई मातृशोक परेको छ । अध्यक्ष पौड्यालकी आमा सोमना पौड्यालको निधन भएको हो ।

बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का अध्यक्षसमेत रहेका पौड्यालकी आमाको उपचारका क्रममा आइतबार निधन भएको हो ।

उनको २ सातादेखि काठमाडौंको चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारत पौड्यालमा छातीसम्बन्धी समस्या थियो । नबिल बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीका अनुसार पौड्यालको ८१ वर्षको उमेरमा निधन भएको हो ।