GBIME

जनकपुरधाममा गाईको मासु खान अफर गरेपछि…

780
shares

जनकपुरधाम, १८ चैत । धार्मिक नगरी भनेर चिनिने जनकपुरधाममा गाईको मासु अफर गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले हिन्दु सम्राट सेनाको उजुरीपछि अनुसन्धानको लागि जनकपुरधाम उपमहानगरपालिका–२३ लादोबेला बस्ने बर्ष २४ का आरिफ रेजालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिन्दु समुदायका एक युवकलाई आफू गाईको मासु काटेको र खाने अफर गरेपछि उजुरी परेको र त्यही आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । देशको राष्ट्रिय जनावर समेत रहेको गाई काटेर खानु अपराध हो ।

हिन्दु समुदायले गौ माता भन्दै आएको गाईलाई काटेर मासु अफर गरेपछि सम्प्रादायिक झगडा गर्न खोजेको भन्दै प्रहरीमा उजुरी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले रेजालाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धानपछि रिहा गरेको हो ।

जनकपुरधाममा विभिन्न धर्म समुदायबीच भाइचारा कायम रहँदै आएको अवस्थामा यस्तो गतिविधि गर्नेलाई स्थानीयले कारवाहीको माग समेत गरेका छन् ।