Nepal Life Banner

सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई सहयोग प्रदान

1.14K
shares

काठमाडौं, १९ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्षा नेपाललाई सहयोग प्रदान गरेको छ ।

रक्षा नेपालले यौन शोषणमा परेका बालिका, महिला र उनीहरुका बालबालिका, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानुनी सहयोग एक आत्मनिर्भरको प्रयास गर्दै आएको छ । यसको मुख्य लक्ष्य महिला र युवतीहरूलाई उनीहरूको ज्ञान, चेतना र सामाजिक आर्थिक स्थिति बढाएर बेचबिखन र यौन हिंसाबाट बचाउनु हो ।

आज एक समारोहका बिच रक्षा नेपालमा शरण लिइ बसेका महिला तथा बालबालिकाहरुको लागि दैनिक उपभोग्य खाद्यान्न लगायत अन्य आवश्यक सामाग्रीहरु सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै सिइओ गणेश राज पोखरेलले रक्षा नेपालले गरेको उल्लेखनीय मानवीय कार्यको लागि हार्दिक प्रशंसा व्यक्त गरेको बैंकका प्रवक्ता नारायण राज अधिकारीले जानकारी दिए ।

रक्षा नेपाल जस्ता सस्थाहरुले गर्दा नै समाज प्रति महिलाहरुको अधिकार र मर्यादा कायम रहेको र यस्ता संस्थाहरुले गर्ने महान कार्यमा साथ दिन पाउँदा गर्व महशुस गरेको कुरा ब्यक्त गरे ।

बैंकको १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु बाट १७ लाख २६ हजार ग्राहक छन् । बैंकको हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्नेछ ।