GBIME

सर्लाहीवाट स्रोत नखुलेको २७ लाख सहति २ पक्राउ

396
shares

काठमाडौं, १९ चैत । सर्लाहीमा स्रोत नखुलेको २७ लाख सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले दुई जनालाई स्रोत नखुलेको २७ लाख ७५ हजार ६ सय ७० नगदसहित पक्राउ गरेको बताए ।

एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा बर्ष २४ को कमर राजा र बर्ष ४० को आरिफ अंसारी छन् ।
प्रहरी टोलीले सुचनाको आधारमा राजाको साथवाट कालो रंङको झोला नगद १ सयका एक हजार थान गरि १० लाख र लक्ष्मी सनराईज बैंकको ९ लाख ९०,हजार जम्मा गरेको २ वटा भौचर समेत समेत बरामद गरेको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा उक्त रकम आरिफ अन्सारीको रहेको र उक्त आरिफ अन्सारीले सञ्चालन गरेको फोन सिटि मोवाईल पसलमा छापा मार्दा खैरो रङको कपडाको झोला भित्र कालो प्लाष्टीकमा लुकाई लुकाई छिपाई राखेको अवस्थामा १ सयको दरको नोट १ हजार ४ सय ५४ थान गरि १४ लाख ५४ हजार, ५ सयको नोट ६सय २२ थान ३ लाख ११ हजार १ सय को नोट १ सय ९ थानमा १० हजार ९ सय गरि १७ लाख ७५ हजार ९ सय ७० गरि जम्मा २७ लाख हजार ९ सय बरामद गरेको छ ।

प्रहरी स्रोत अनुसार आरिफ अंसारी मानव तस्करी र अवैध सुनकारोवारी समेत रहेको खुलेको छ ।

उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ । उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत सलाहीमा प्रहरीलाई अनुमति दिएको छ ।