GBIME

सोमबार प्रि ओपन सेसनमै १.१६ अंकले घट्यो नेप्से

402
shares

काठमाडौं, १९ चैत । आइतबार १७.१४ अंकले घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार प्रि ओपन सेसनमा पनि घटेको छ ।

सो सेसनमा १.१६ अंकले घटेर २०१७.१७ विन्दुमा कायम भएको छ ।

सो सेसनमा १८ लाख ३५ हजार ७५२ रुपैयाँ बराबरको ४ हजार ७२४ कित्ता शेयर किनबेच भएको छ ।

सो सेसनमा १६ कम्पनीको शेयर बढेको छ भने २० कम्पनीको शेयर घटेको छ । ३ कम्पनीको शेयर स्थिर रहेको छ ।