GBIME

कुमारी बैंकद्वारा ५४ सय जनालाई वित्तीय साक्षरता प्रदान

186
shares

कुमारी बैंक लिमिटेडले देशभरका ५ हजार ४०० जनालाई वित्तीय साक्षरता प्रदान गरेको छ । ‘ग्लोबल मनी विक २०२४ को अवसरमा बैंकले उक्त कार्यक्रममा १२३ ओटा वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको हो ।

बैंकले क्यालकुलेटर सञ्चालन, कर्मचारीहरुको प्रतिवद्धता, आधारस्तम्भहरुको प्रशिक्षण, सहभागिहरुलाई सपथ, क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण कार्यक्रम सञ्चालन गरेको थियो ।

साथै, बैंकले देशै भरि वर्षै भरी वित्तीय साक्षरता प्रर्वद्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरुको अभिनय सहितको भिडीयो श्रृंखला तथा सामाजिक विषय बस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक गरेको थियो ।

कार्यक्रममा विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणको सहभागिता हरेको बैंकले जनाएको छ ।

बैंक विगत २२ वर्ष सञ्चालनमा छ । बैंकको ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।