सोमबार ६.२६ अंकले घट्यो नेप्से, करोबार पनि घट्यो
वि.सं.२०८० चैत १९ सोमवार १५:०५
shares
काठमाडौं, १९ चैत । आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ६.२६ अंकले घटेको छ । आज नेप्से ०.३१ प्रतिशतले घटेर २०१२.०७ विन्दु कायम भएको छ ।
आज २ अर्ब ६७ करोड ४७ लाख ५४ हजार रुपैयाँ बराबरको ७९ लाख ९० हजार २०० कित्ता शेयर ६३ हजार १५ पटक किनबेच भएको छ ।
आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१कम्पनीको शेयर मूल्य घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेकस पनि ०.९१ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.३४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अंकले घटेको छ ।
आज १३ वटा समहु मध्ये २ समुहको शेयर बढेको रहेको छ भने अन्य सबै समुहको शेयर घटेको छ ।
आज माई खोला हाइड्रोपावरको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट हानेको छ भने रिभर फल्स पावरको करिब १० प्रतिशतले घटेको छ ।