GBIME

आजपनि घट्यो सर्वोत्तमको शेयर, न्युनतम आइपीओ पार्नेले २ दिनमा गुमाए ७ हजार बढी

2K
shares

काठमाडौं, १९ चैत । सर्वोत्तम सिमेन्तको न्यनतम आइपीओ (५० कित्ता) भर्नेले २ दिनमा ७ हजार १०० रुपैयाँ गुमाएका छन् । करोबारमा आएको ७ औँ दिन प्रतिकित्ता १०८३ रुपैयाँ पुगेको सर्वोत्तमको शेयर लगातार २ दिन यता घटिरहेको छ ।

आइतबार ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो । आज समग्र नेप्से ६२६ अंकले घटेर २०१२.०७ विन्दु पुग्दा सर्वोत्तमको शेयरमा उतराचडाप आएपनि बजार बन्द हुँदा ३.४४ प्रतिशतले घटेर बन्द भएको छ ।

आज सर्वोत्तमका लगानीकर्ताले आज ३३ रुपैयाँ ५० पैसा गुमाएका छन् । आज सर्वोत्तमको ९४१ रुपैयाँ प्रतिकित्ता शेयर मूल्य कायम भएको छ ।

सोमबार मात्र सर्वोत्तमको ६ लाख १४ हजार ४११ रुपैयाँको १२ हजार ९४० कित्ता शेयर किनबेच भएको छ । आज सर्वोत्तमको सबैभन्दा बढी ९७० रुपैयाँ प्रतिकित्ता र सबैभन्दा कम ८८२ रुपैयाँ प्रतिकित्ता शेयर किनबेच भएको छ ।

फागुन २५ गते सर्वसाधरणलाई आईपीओ बाडफाड भएको सर्वोत्तमको शेयर चैत ६ गतेबाट नेप्सेमा कारोबारमा आएको थियो ।

सर्वोत्तमले बुक विल्डिङ विधिमार्फत २ लाख ६७ हजार कित्ता विदेशमा रहेकाको लागि, ९ लाख ३० हजार कित्ता आयोजना प्रभावित व्यक्तिको लागि र २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणमा शेयर जारी गरेको थियो ।

प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा आईपीओमा न्युनतम ५० कित्ताका लागि आईपीओ खुल्ला गरेको थियो । आईपीओ बाडफाड भएर नेप्सेमा ओपनिङमै ५५६ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो ।