GBIME

सहुलियतपूर्ण कर्जाकाे ब्याज फिर्ता वापत पाउनुपर्ने १२ अर्ब बैंकहरूले पाएनन्

2.32K
shares

काठमाडौं, २२ चैत । बैंकहरूले सरकारबाट पाउनुपर्ने १२ अर्ब भुक्तानी नपाएको पाइएको छ । सरकारले ल्याएकाे सहुलियतपूर्ण ऋणकाे ब्याज अनुदान वापतकाे रकम बैंकहरुले ग्राहकलाई दिएका थिए ।

बैंकहरूले दिइसकेको ठूलाे राशीकाे रकम सरकारले हालसम्म पनि दिएको छैन । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुकाे संगठन नेपाल बैंकर्स संघका अनुसार १२ अर्ब भन्दा बढी रकम बैंकहरूले पाउन बाँकी छ ।

संघका अध्यक्ष सुनिल केसीले यसबारे अर्थमन्त्रालयलाई जानकारी गराइसकेकाे बताए । तर लामाे समयसम्म पनि बैंकहरूले भुक्तानी पाउन बाँकी रहेको अध्यक्ष केसीको गुनासो छ । उनले तत्कालै भुक्तानी दिन सरकारसँग अनुराेध समेत गरेका छन् ।