सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन बढ्यो २ हजार ९ सय
वि.सं.२०८० चैत २५ आइतवार ११:३०
shares
काठमाडौं, २५ चैत । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ। चैत २५ गते आइतबार सुनको भाउ २ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।
यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।