Nepal Life Banner (End Date 5 Magh 2081)

गोदरेजको नयाँ वर्ष अभियान थटफूल न्यू इयर विसेस क्यासब्याक र पक्का उपहार सहित जारी

2.3K
shares

काठमाडौं – घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विसेस’ नामक अभियान सुरु गरेको छ ।
यस अभियान अन्तर्गत ग्राहकहरुले गोदरेजका घरायसी सामानहरु खरिद गर्दा ३०,००० सम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
थटफूल न्यू इयर विसेस योजना अन्तर्गत ग्राहकहरुले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड बाइ साइड डोर रेफ्रिजरेटरको खरिदमा सिजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन् । त्यस्तै ग्राहकहरुले ट्वीन टप वा टपलोड वासिङ मेसिनको खरिदमा ३ लिटर एरियल र माइक्रोवेभको खरिदमा निस्शुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन् । गोदरेज एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले निस्शुल्क स्थापना पाउन सक्नेछन् ।
यो योजना चैत्र ३०, २०८० बाट सुरु भइ नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।
६६ वर्षको इतिहासका साथ, गोदरेजले हरेक घरपरिवारका आवश्यकताहरू पूरा गर्न विभिन्न खानाको तयारी, मौसम नियन्त्रण, कपडाको हेरचाह र सफाई सम्बन्धित उत्पादनहरू प्रदान गर्दछ।
गोदरेज अप्लायन्सको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इवएल प्रा। ली रहेको छ ।