विरतण योग्य मूनाफामा नम्बर वान बन्यो एभरेष्ट, स्टाण्डर्ड चार्टड र नविल शीर्ष ३ मा
वि.सं.२०८१ वैशाख ९ आइतवार ०९:४८
shares
काठमाडौं, ९ वेशाख । वितरण योग्य मूनाफाका आधारमा एभरेष्ट बैंक सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरु भन्दा अगाडि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्मको तथ्यांक अनुसार एभरेष्ठ बैंक पहिलो नम्बरमा देखिएको हो ।
प्रकाशित तथ्यांक अनुसार एरेष्ट बैंकको वितरणयोग्य मूनाफा २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ देखिएको छ । अरु सबै बैंकहरुको २ अर्ब भन्दा कम छ । १० वटा बैंकहरुको त नेगेटिभ नै देखिएको छ ।
वितरण योग्य मूनाफाका आधारमा स्टाण्डर्ड चार्ड बैंक दोस्रो नम्बरमा र नबिल बैंक तेस्रो नम्बरमा देखिएका छन् । चैत मसान्तसम्म १ अर्ब ८१ करोड ७२ लाख रुपैयाँ स्टाण्डर्ड चार्टर्ड बैंकको वितरण योग्इ मूनाफा देखिएको छ । तेस्रो नम्बरमा देखिएको नबिल बैंकको भने १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ देखिएको छ ।