GBIME

उद्यमी सरोज : विदेश पढेर स्वदेश फर्किए, नेपालमा इरानी चिया भित्र्याए

1.7K
shares

काठमाडौं, ११ वैशाख । नेपाली युवा पुस्ताहरुको जमात अहिले काठमाडौंमा रहेका विभिन्न चिया पसलहरुमा भेटिन्छन् । युवा पुस्ताले चिया मन पराउन थाले पछि चिया पसलहरुमा राम्रै भीड लाग्न थालेको छ । चिया पसलहरु खुल्ने क्रम पनि बढेका छन् । काठमाडौंका सडक किनारा र गल्लीहरुमा चिया पसलहरुको संख्या थपिने क्रममा छ । तर, बजारमा भएका चिया भन्दा धेरै फरक छ ‘इरानी चिया’ ।

साधारण चिया भन्दा इरानी चियामा आकर्षण बढ्दो छ । इरानी चियाको अवधारणा युवा उद्यमी सरोज पौडेलले नेपालमा भित्र्याएका हुन् । उच्च् शिक्षाका लागि विदेशिनेहरु कमै मात्र नेपालमा केही गरौं भनेर फर्किन्छन् । हो, ति कम युवामा पर्छन पौडेल ।

दक्षिण कोरियामा अध्ययन गरेर स्वदेश फर्किएका पौडेल अहिले चिया उद्यममा रमाइरहेका छन् । इरानी चियाका लागि आउटलेट दिन्छन्, आउटलेट खोल्नका लागि उनले तालिम पनि दिने गरेका छन् । उनै उद्यमी सरोजसँग हामीले केटिएम भ्वाइसको ‘उद्यमीका आवाज’ भिडियो कार्यक्रममा कुराकानी गरेका छौँ ।

प्रस्तुत छ, पौडेलसँग गरिएको भिडियो कुराकानी :

Premier Steel Banner