मेहनतले बनेका डा. ठाकुर : जसले प्याथोलोजी बुझाउनै संघर्ष गरे

14.29K
shares

काठमाडौं, ३० वैशाख । प्रा. डा. अमरनाथ डाकुर पेशाले स्वास्थ्यकर्मी हुन् । जनकपुरको जलेश्वरमा जन्मिएका डा. ठाकुरको वाल्यकाल स्थानीय विद्यालयमै भयो । माध्यमिक तहको अध्ययनका लागि भने उनी बुढानिलकण्ठ स्कुल, काठमाडौंमा भर्ना भए । काठमाडौंबाट एसएलसी उतिर्ण गरे पश्चात भने उनी आईएसी अध्ययनका लागि जनकपुर फर्किए ।

जनकपुरमा आईएससी गरिसके पछि उनले भारतको प्रतिष्ठित मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृति पाए । एमबिबिएस अध्ययन पूरा भएपछि दिल्लीबाट उनले एमडि इन प्याथोली अध्ययन पूरा गरे । १९९६ मा एमडि सकेर उनी नेपाल फर्किए ।

नेपाल फर्किएपछि उनले जागिर खान सुरु गरे । उनले ४ वर्ष भन्दा लामो समय धरानको विपि कोइराला इन्टिच्युट अफ हेल्थ साइन्समा काम गरे ।

धरानमा काम गर्दै गर्दा रमेशकुमार भट्टराई लगायतले वीरगञ्जमा अस्पताल खोल्ने योजना बनाइरहेका थिए । ‘१९९९ को कुरा हो, रमेश दाइहरुले नै वीरगञ्जमा अव प्याथोलोजी सेवा सुरु गर्नुपर्छ भन्नु भयो’ डा. ठाकुर सम्झन्छन्, ‘त्यतिबेला रमेश दाइ र मेडिकल डाइरेक्टर राकेश बर्मा हुनुहुन्थ्यो, उहाँहरुकै कारण म आए ।’

त्यतिबेला वीरगञ्जमा प्याथोलोजी सम्बन्धी कुनै सुविधा नै थिएन । तर उनी वीरगञ्ज आएको एक वर्षमै नेसनल मेडिकल कलेज खुल्यो । जसले उनको एकेडेमिक करिअर अघि बढाउन समेत सहयोग गर्यो । उनी नेसनल मेडिकल कलेजको प्राध्यापकसम्म भए ।

उनी प्याथोलोजी पढ्दै गर्दा धेरैले उनाई प्याथोलोजी पढ्ने पनि डाक्टर हुन्छ र ? भनेर प्रश्न गर्थे । प्याथोलोजी पढ्नका लागि पूर्व राष्ट्रपति डा. रामबरण यादवको भूमिका छ । डा. यादवले नै डा. अमरनाथका बुवालाई त्यसबेला कन्भिन्स गरेका थिए ।

२०१४ मा भने डा डाकुरले वीरगञ्जमै मंगलम डाइग्नोष्टिक सेन्टर खोले । अहिले मंगलमको शाखा तथा कलेक्सन सेन्टरहरु अन्य ठाउँहरुमा पनि खुलेका छन् । अब उनले काठमाडौंमा सेवा विस्तार गर्ने योजना बनाएका छन् । गाउँमा होइन भीडमा नै सफल हुनसक्ने सम्भावना उनले देखेका छन् । हिजो गरेका संघर्षले नै अहिले डा. ठाकुरले सफलता पाएका छन् ।

केटिएम भ्वाइसको नियमित कार्यक्रम नेक्सजेन द अनसिन स्टोरीको एपिसोड ५ मा हामीले उनै डा. ठाकुरसँगको कुराकानी प्रस्तुत गरेका छौँ ।

विस्तृत कुराकानी भिडियोमा हेर्न सक्नु हुनेछ ।

Follow Up

भन्सारको जागिर छाडेर पर्यटन व्यवसायमा चम्किएका माधव (भिडियो सहित)

भन्सारको जागिर छाडेर पर्यटन व्यवसायमा चम्किएका माधव (भिडियो सहित)

शिखर सुज : रामकृष्णको संघर्षले बनेको नेपाली ब्राण्ड

शिखर सुज : रामकृष्णको संघर्षले बनेको नेपाली ब्राण्ड

निजु राजभण्डारी : जो ४४ वर्षदेखि औसधी व्यवसायमै सक्रिय छन्

निजु राजभण्डारी : जो ४४ वर्षदेखि औसधी व्यवसायमै सक्रिय छन्