Dhulikhel Eco Banner new

अदालतको आदेशपछि पदबहाली गर्दै गभर्नरले भनेः राष्ट्र बैंकको स्वायत्तता जोगियो

7.22K
shares

वैशाख ७, काठमाडौं   सर्वाेच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि पदबहाली गर्दै गभर्नर महाप्रसाद अधिकारीले अदालतले नियामक निकायको स्वायत्तता जोगाएको बताएका छन् ।
मंगलबार सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फ्युलालको एकल इजलासले सरकारले गरेको निलम्बन कानून अनुसार नभएको भन्दै गभर्नर अधिकारीलाई काममा फर्कने दिने फैसला सुनाएको थियो । अदालतको अल्पकालिन आदेशपछि गभर्नर अधिकारीले बुधबार राष्ट्र बैंकमा पदबहाली गरेका हुन् ।

‘सरकारले व्यक्ति महाप्रसाद अधिकारीमाथि आक्रमण गरेको होइन, संस्थाविरुद्ध आक्रमण गरेपछि अदालत जान बाध्य हुनु परेको हो, अदालतले पछि पनि न्याय दिनेमा विश्वस्त छु,’ उनले भने । उनले आफूलाई सरकारले हटाएको भएपनि सरकारलाई दिने सुझावमा कुनै व्यवसायिक ढंगले दिने र आफू बायस नहुने प्रतिबद्धता व्यक्त गरे ।

‘राष्ट्र बैंकको गभर्नर सरकारको सल्लाहकार हो, सरकारले हटाउन खोज्यो तथा अदालतको आदेशपछि पुर्नबहाली भए भन्दैमा मैले बायस भएर काम गर्न मिल्दैन, सरकारलाई सल्लाहकारको रुपमा दिने सुझाव दिने छु,’ उनले भने ।