छोटो समयमै लघुवित्त क्षेत्रमा फड्को मारेका बसन्त लम्साल
वि.सं.२०८१ भदौ ३ सोमवार ०६:१४
shares
काठमाडौं, ६ जेठ । बसन्त लम्साल, लघुवित्त क्षेत्रका परिचित पात्र हुन् । लम्साललाई नचिन्ने लघुवित्त क्षेत्रमा सायदै होलान् । विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रहेका लम्साल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन लघुवित्त बैंकर्स संघको पूर्व अध्यक्ष समेत हुन् ।
कार्यक्रम नेक्सजेन द अनसिन स्टोरीको छैठौँ एपिसोडमा आज हामी नै बसन्त लम्सालको जीवन, भोगाईं र संघर्षको यात्राबारे चर्चा गर्दैछौँ ।
वि.सं. २०२५ साल चैत्र २१ गते तनहुँको दुर्गम गाउँ गजरकोटमा जन्मिएका बसन्त लम्सालले विद्यालय तहको शिक्षा गाउँकै विद्यालयमा पूरा गरे । दैनिक ४५ मिनेट पैदल हिडेर विद्यालय जानु पर्ने बाध्यता बसन्त र उनको गाउँले विद्यार्थीहरुको थियो ।
वि.सं. २०४२ सालमा एसएलसी उतिर्ण गरेपछि भने बसन्त र उनको परिवार चितवन बसाई सर्यो । चिनतवमा आइए अध्ययनका लागि भर्ना भए । बसन्तले स्नातकसम्मको अध्ययन चितवनबाटै पूरा गरेका हुन् ।
त्रिभुवन विश्व विद्यालयको केन्द्रीय क्याम्पस किर्तिपुरबाट बसन्तले अर्थशास्त्रमा स्नात्तकोत्तर उपाधि हासिल गरेका छन् । जीवन यात्रामा क्रममा उनको सबै भन्दा शुरुको पेशा भने नोकरी हो । स्नातक अध्ययन गर्दै गर्दा नै उनले २०४६ सालमा निजामति सेवा सुरु गरेका थिए । लोकसेवा परिक्षा उतिर्ण भएर खानेपानीको कार्यालयमा जागिर खाएका उनको जागिर खानुको कारण पनि अनौठो छ ।
बसन्तको घरमा खानेपानीको सहज पहुँच थिएन् । उनी विद्यार्थीकालमै धारा जडान गर्न खानेपानीको कार्यालय पुगेका थिए । तर, उनले धारा जडान गर्न सकेनन् । ‘धारा जडान गर्नका लागि मन्त्रीको तोक चाहिने रहेछ, अर्को अप्सन भनेको खानेपानीकै कर्मचारीका लागि भने धारा व्यवस्था हुने रहेछ’ उनी त्यो अवस्था सम्झन्छन् । त्यसपछि उनले दोस्रो विकल्प रोजेर लोकसेवामा सहभागी भए । भगवानले त सोच, म पुर्याउछु भने जस्तै भयो । उनी लोकसेवा उतिर्ण भए । जागिर खाए र धारा पनि जडान गरे ।
निजामति सेवामा लामो समय भने उनी रहन सकेनन् । २०५१ सालमै उनले सरकारी जागिरबाट राजीनामा दिए । तत् पश्चात उनी युएनडिपी लगायतका केही एनजिओमा काम गरे ।
परिवार सहित केही वर्ष लम्साल बिदेश पनि बसे । मुलुकमा सशस्त्र द्धन्द्ध चर्किएदै गर्दा मुलुक छाड्नेहरुको लर्को थियो । बसन्त लम्साल तिनै व्यक्ति हुन्, जो सुविधा सम्पन्न देश छाडेर सशस्त्र द्वन्द्धकै बेला स्वदेश फर्किएका थिए । उनै बसन्त लम्सालको जीवन यात्राका बारेमा अब उनकै मुखबाट सुनौँ ।
विस्तृतमा भिडियोमा हेर्नुहोस्ः