GBIME

सिरोहियाको पक्राउप्रति नाडाको आपत्ति, पहिले सुन्ने अनिमात्रै थुन्ने गर्न आग्रह

996
shares

काठमाडौं, १० जेठ । नाडा अटो मोवाइल् एसोसिएसन अफ नेपालले कान्तिपुरका अध्यक्ष कैलास सिरोहियाको पक्राउ प्रति आपत्ति जनाएको छ । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले बिहीबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

नाडाले कानून विपरित गर्ने सबैलाई कारबाही गर्नु भए पनि कसैले उजुरी दिएकै आधारमा पक्राउ गर्नु गलत भएको बताएको छ । यसरी हुने धरपकडले व्यवसायिको मनोवल गिर्ने समेत नाडाको भनाइ छ । व्यवसायिहरुलाई हतोत्साहित नबनाइ लगानीको वातावरण सिर्जना गर्न अनुरोध गर्दछ ।

Premier Steel Banner