Nepal Life Banner (End Date 5 Magh 2081)

‘व्यापार ठप्प जस्तै छ, सटरहरु बन्द हुने क्रममै छन्’

4.8K
shares

काठमाडौं, १३ जेठ ।  विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा निकै नराम्रोसँग पर्यो । कोरोनाबाट थलिएका व्यापार व्यवसायहरु अब तंग्रिने क्रममा छन् । चितवनको व्यवसायीहरुको भने अहिले पनि समस्यामै रहेको चितवनका उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ बताउछन् ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्लारनगर संघको रुपमा रहेको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठसँग हामीले त्यहाँको व्यापारव्यवसायको अवस्थाबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ, श्रेष्ठसँग केटिएम भ्वाइसकर्मी सुजिता  भण्डारीले गरेको कुराकानीको सम्पादित अंशः

अहिले चितवनमा उद्योग व्यवसायको अवस्था के कस्तो छ ?

समग्र देशभरकै व्यवसायको कुरा गर्ने हो भने पनि राम्रो अवस्था छैन । यस्तो बेलामा चितवनको राम्रो हुने कुरा भएन । समग्रमा भन्नु पर्दा यतिबेला स्थिति ठिक छैन ।

के सोच्नु भएको थियो र के पाउनु भयो ?

व्यवसायहरुलाई केहि राहत हुन्थियो कि भन्ने व्यवसाय चल्छकि भन्ने थियो । अहिले अब सटर बन्द हुने अवस्था बढि छ । व्यवसाय चल्न सकेको छैन । व्यवसाय नचल्दा भाडा तिर्न सक्ने अवस्था छैन् । भाडा तिर्न नसकेपछि धेरै व्यवसायीहरु सटर बन्द गर्नु पर्ने बाध्यतामा पुगेका छन् ।

पछिल्लो समय उद्योग व्यवसायले अलि सहज महसुस गरेको छैन ?

खासै त्यति परिवर्तन भएको छैन र तर अलिअलि चाहि तत्कालिन अवस्था हेर्दा पर्यटन सँग सम्बन्धी व्यवसायमा ठिकै परिवर्तन भएको अनुभव छ । पर्यटन क्षेत्रका व्यवसायीहरुको प्रतिकृया पछिल्लो समय सकारात्मक आएको छ । पर्यटन बाहेकका अरु व्यवसायको हकमा खासै परिवर्तन भएको छैन ।

चितवन व्यवसायीहरुको मुख्य समस्या के हो ?

समस्या भनेकै व्यापार नहुनु हो । कारोबार नै ठप्प जस्तै भएपछि अरु थप समस्या त के भन्नु र ? कारोबार बढ्ने हो भने सहज हुने थियो । तर कारोबार बढ्न सकेको छैन ।

व्यवसायिको हकहितका लागि उद्योग वाणिज्य महासंघबाट केही भएको छ कि ?

व्यवासयिक वातावरण बढाउनु पर्छ भन्नेमा हामी छौँ । उद्योग वाणिज्य महासंघबाट व्यवसायिक वातावरण बनाउनका लागि लबिंग भइराखेको छ । ब्याजदर पहिले भन्दा केहि मात्रामा घटेको छ । ब्याजदर घटे पनि बैंकबाट ऋण लिएर नयाँ व्यवसाय गर्ने सोच व्यवसायीहरुको छैन ।

हजुर उद्योग वाणिज्य संघको अध्यक्ष भएपछि त्यहाको व्यवसाय क्षेत्रको कस्तो समस्या समाधान गर्नुभएको छ ? जसले गर्दा त्यहाका व्यवसायीहरुलाइ सहज भएको छ ।

अहिले हामी कहाँ आउने समस्या भनेको पैसा नउठ्ने, चेक बाउन्स हुने, व्यवसाय व्यवसाय बिचको सम्बन्ध बिग्रने जस्ता छन् । यस्ता समस्यालाइ समझदारी गरेर मिलाउन काम भइरहेको छ ।

दुबै व्यवसायहरुलाइ बोलाएर समस्या समाधान गर्न सहजिकरण गरेका छौँ । घरबेटिहरुलाई पनि अहिले व्यवसायहरु समस्यामा छन्, धेरै पेल्नु भएन भनेका छौँ ।

उद्योग वाणिज्य संघले व्यवसायिक वातावरण बनाउन अरु केही काम पनि गर्ने गरेको छ   कि ?

चितवन पर्यटकीय नगरी हो । यहाँ पर्यटकहरु कसरी बढाउने भन्ने विषयमा पनि हामीले काम गरिरहेका छौँ । अहिले भरतपुरमा भ्रमण वर्ष जारी छ । कसरी बाह्य र स्थानीय पर्यटकहरु धेरै भन्दा धेरै भित्र्याउन सकिन्छ भन्नेमा पनि काम भइरहेको छ । भ्रमण वर्ष सफल हुने हो भने यहाँको उद्योग व्यवसाय पनि फस्टाउछ ।

अब त एफएनसीसीआई चुनाबी चहलपहल पनि सुरु हुने बेला भयो काठमाडौंतिरबाट फोन आउन सुरु भयो ?

चुनाव आउन अलि समय बाँकी भएकाले होला अहिलेसम्म यता चहलपहल सुरु भएको छैन ।

अब महासंघको नेतृत्व कस्तो व्यक्ति आउनु पर्छ ?

सबै व्यवसायहरुको हकहित र संरक्षणका लागि काम गर्न सक्ने व्यक्ति अब महासंघको नेतृत्वमा आउनु पर्छ । समस्या परेकोमा बोलदिने र लबिंग गर्न सक्ने नेतृत्व हामीलाई चाहिएको छ ।