GBIME

मुर्रा भैसी पाल्छु भन्नेहरुले अर्कै भैसी पालेपछि अनुदान भुक्तानीमा समस्या

किसानहरुलाई कागजात तयार पार्नै तनाब !

1.12K
shares

बुटवल, २३ जेठ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको पूरक अनुदानमा सञ्चालित फर्मका किसानहरुलाई काजगातहरु तयार पार्नै समस्या देखिएको छ । जसका कारण अनुदान वापतको पाउने भुक्तानी पाउन ढिलाइ भएको पाइएको छ ।

आयोजनाको बुटवल इकाई अन्तगर्तमा १२५ उपआयोजनाहरु सञ्चालनमा छन् । आयोजनाबाट अनुदान लिएर सञ्चालन भएका १२५ उपआयोजनाहरुमा सहकारी, समूह र निजी गरी तीन प्रकारका रहेका छन् । ति उपआयोजनाहरुका लागि भुक्तानी गर्नु पर्ने कुल रकमको समूह सहकारी तर्फ ७२ प्रतिशतमात्रै भुक्तानी भएको छ । निजी तर्फ भने करिब ८० प्रतिशत भएको आयोजनाको बुटवल इकाईका निमित्त प्रमुख डा. शिवलाल भुसालले बताए ।

डा. भुसालका अनुसार भुक्तानी हुन नसक्नुको प्रमुख कारकहरु मध्ये एक हो, सम्झौता अनुसारको काम गर्न नसक्नु हो । कृषकले सम्झौता अनुसार काम नगरी आयोजनाले भुक्तानी दिदैन । यसकारण धेरै भुक्तानीहरु समयमा हुन सकेका छैनन् । यसबाहेक कागजातहरु समयमा तयार पार्न नसक्नु पनि अर्को कारक हो ।

फर्ममा अनुगमन गर्दा सबै मापदण्डहरु पूरा भएको भए पनि कागजात तयार पार्नका लागि भने किसानलाई निकै गाह्रो परेको छ । ‘किसानहरु अरु काम गर्न अप्ठ्यारो नमान्ने तर कागजातहरु तयार पार्न कुरामा त्यतिधेरै जागरुक नहुँदा पनि समस्या भएको छ’ उनले भने, ‘कतिपयले सम्झौता अनुसार काम नगरेका कारण पनि भुक्तानीमा समस्या भएको छ ।’

प्रस्तावपत्रमा मुर्रा भैसी पाल्ने भनेर उल्लेख गरिएकाहरुले सोही अनुसार सम्झौता गरे पनि मुर्रा भैसी पालेका छैनन् । कसैले जुन संख्यामा पाल्ने भनिएको छ, त्यो अनुसारको पशुहरुको संख्या नदेखिएका कारण पनि भुक्तानीमा समस्या भएको डा. भुसालले बताए । उनका अनुसार हालसम्म आयोजनाबाट अनुदान वापतको ६० करोड ९३ लाख ९९ हजार ३०३ रुपैयाँ भुक्तानी हुनुपर्नेमा ४५ करोड ६७ लाख ३ हजार १८० रुपैयाँमात्रैभुक्तानी भएको छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना नेपाल सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालय माताहतको आयोजना हो । विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा यो आयोजना सञ्चालित छ ।

Premier Steel Banner

Follow Up

एनएलएसआईपी : किसानको मुहारमा खुसी ल्याउने एक परियोजना

एनएलएसआईपी : किसानको मुहारमा खुसी ल्याउने एक परियोजना

सहकारीबाट उद्यमशीलता : स्थानीय दुधले बजार पायो, गाउँमै रोजगारीको अवसर

सहकारीबाट उद्यमशीलता : स्थानीय दुधले बजार पायो, गाउँमै रोजगारीको अवसर

अनुदान रकम भुक्तानी नहुँदा किसानलाई सास्ती

अनुदान रकम भुक्तानी नहुँदा किसानलाई सास्ती

बाख्रा फार्मबाट गाउँमै रोजगारी

बाख्रा फार्मबाट गाउँमै रोजगारी

पशुपालनमा रमाएको समूह : अमेरिका यही, उनलाई जापान पनि यही

पशुपालनमा रमाएको समूह : अमेरिका यही, उनलाई जापान पनि यही

दैनिक २५०० लिटर दुध प्रशोधन, १५ जनालाई रोजगारी

दैनिक २५०० लिटर दुध प्रशोधन, १५ जनालाई रोजगारी