GBIME

एकैदिन तोलामा चार हजारले घट्यो सुनको मुल्य

1.13K
shares

काठमाडौं, २७ जेठ । स्थानीय बजारमा आइतबार सुनको मुल्य घटेको छ । आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको हो ।

शुक्रबार हाल सम्मकै उच्च तोलामा १ हजार रुपैयाले बढेको सुनको मुल्य आइतबार तोलामा ४ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मुल्य ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मुल्य पनि तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा झरेको छ ।

Premier Steel Banner