Dhulikhel Eco Banner new
NCHL Banner 2081

अर्गानिक कृषि उपजको बजारीकरण गर्दै राजभण्डारी

2.42K
shares

काठमाडौं, २९ जेठ । विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको बजारीकरणमा व्यस्त छन् । उनले यस्तो कार्यमा संलग्न भएको हिजाआज होइन, गाउँमा अर्गानिक कृषि उपजले बजार नपाउने कारण देखाउँदै अर्गानिक वस्तुको अभाव देखेपछि राजभण्डारी चार वर्षदेखि यस्तै कर्ममा व्यस्त छन् ।

गाउँको कृषि उपजलाई बजारसँग जोड्न सकेमा उपभोक्ताको स्वास्थ्यमा समेत सकारात्मक असर पर्ने दखेपछि राजभण्डारी महालक्ष्मी अर्गानिक खाद्य उद्योगमार्फत कृषि उपजको बजारीकरण गरिरहेका छन् । चार वर्षअघि तोरीको तेल उद्योग सञ्चालनमा ल्याएका उनले विस्तारै गाउँको अर्गानिक कृषि उपजलाई बजारसम्म ल्याएर बिक्री गर्न थालेको बताए ।

उनले शुद्ध तोरीको तेल उत्पादन गरी आयातित तेललाई विस्थापित गर्नुका साथै अर्गानिक कृषि उपजलाई गाउँ–गाउँबाट खरिद गरेर बागलुङ बजार ल्याएर बिक्री गर्दै आएको सुनाए । “सुरुमा तोरीको तेलको कारोबार गरेको थिए, पछि ताराखोलाको भाङ्गो, टिुमर, सिस्नो, भट्टमास, घीउ, तोरीको तेल, गुन्द्रक, ढकायोको साग, फापरको पीठो, कोदोको पीठो, मकै र जौको च्याख्ला, ताराखोलामा उत्पादन भएको रन्बो ट्राउट माछालगायतका सामाग्री बिक्री गर्दै आएको छु”, उनले भने ।

राजभण्डारीले आफ्नो उद्योगमा उद्योगमा जिल्ला बाहिरको आयातित सामग्री बिक्री नुहुने र स्वास्थ्यवद्र्धक वस्तु मात्रै उपलब्ध गराइरहेको उनको भनाइ छ । पछिल्लो सयम अस्वस्थकर खानपानका कारण स्वास्थ्यमा आउने समस्याका कारण धेरैले अर्गानिक कृषि उपज खोज्दै उद्योगसम्म आउने गरेको उनले बताए ।

“मेरो स्वभाव पनि अर्गानिक खानेकुरा खोज्ने छ, त्यसैले चार वर्षअघि शुद्ध तोरीको तेल उत्पादन गर्नका लागि प्रशोधन उद्योग सञ्चालनमा ल्याएको थिए, पछि उपभोक्ताको मागअनुसार गाउँमा उत्पादन भएको अर्गानिक आलुदेखि घीउ, भाँगोदेखि अण्डासम्म बिक्री गर्न थाले”, राजभण्डारीले भने, “तुलनात्मक रुपमा महङ्गो मूल्य पर्ने यस्ता अर्गानिक वस्तुको महत्व बुझेकाहरु मात्रै उद्योगमा आउँछन्, यस विषयमा जानकारहरु मात्रै मेरा नियमित ग्राहक छन् ।”

राजभण्डारीले आयातित सामग्रीलाई प्रतिस्थापन गर्न स्वास्थ्यवद्र्धक वस्तु मात्र बिक्री गरिरहेका छन् । पछिल्लो समय अस्वस्थकर खानपानका कारण स्वास्थ्यमा आउने समस्याका कारण अर्गानिक कृषि उपजको खोजी हुन थालेको उनले बताए ।

५८ वर्षीय राजभण्डारीले आफ्नो जीवनकालमा एक दर्जनभन्दा बढी उद्योग स्थापना गरी सञ्चालनमा ल्याएका छन् । यसअघि उनले इँटा उद्योग, कालिका मिनिरल खानेपानी, रेम्बो ट्राउट माछा फर्मलगायतका उद्योग सञ्चालन गरिसकेका छन् ।

विशेषगरी बागलुङको ताराखोला गाउँपालिकामा उत्पादन हुने कृषि उपजको बजारीकरण गर्न लागेका उनले आयातित कृषि उपजको तुलनामा बढी मूल्य पर्ने भए पनि विस्तारै उपभोक्ताको सङ्ख्या बढ्दै गएको सुनाए । “थोरै खाने तर अर्गानिक र शुद्ध खानेकुराले शरीरलाई फाइदा गर्दछ।

गाउँको सिन्की, टिमुर, भागो, तोरीको तेल, घीउ र फापर जस्ता कृषि उपज प्रगोग नगरी हामीले मःम, पिजा र जङग फुडस् खाइरहँदा स्वास्थ्यमा असर परिरहेको सुन्छौँ”, उनले भने, “मेरो उद्योगमा पाइने हरेक कृषि उपज गाउँका किसानलाई उचित मूल्य दिएर खरिद गरेर ल्याउने गरेको छु, मौसमअनुसार गुडुरा र गौरिया चामलसहित अन्य अन्नको च्यख्लासमेत पाइन्छ । अब यहाँका पालिकाले स्थानीय कृषिकलाई प्रोत्साहन हुने गरी अर्गानिक उत्पादनमा जोड दिनुपर्छ ।”