Nepal Life Banner

पश्चिम तराईमा जेठभर तातो हावा चल्ने

1.52K
shares

काठमाडौं, २९ जेठ । पश्चिम तराईमा दुई सातादेखिको तातो हावाको लहर अझै लम्बिने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै ३१ जेठसम्म तातो हावा र तातो हावाको लहर चल्ने बताएको हो। लुम्बिनी र सुदूरपश्चिमका तराईमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। सोमबार मात्र टीकापुर र धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस मापन भएको थियो।

सोमबारबाट पूर्वी नेपालबाट मनसुन भित्रिए पनि फैलन सकेको छैन, जसकारण गर्मी लम्बिएको हो।