GBIME

सेवोन अध्यक्ष नियुक्तिको टुंगो भोलि नै, अन्तरवार्ताका लागि ९ बजे बोलाइयो

972
shares

काठमाडौं, १ असार । पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको टुंगो भोलि आइतबार नै लाग्ने भएको छ । अर्थमन्त्रालयले आइतबार नै तीन जनाको नाम टुंगाउने गरी अघि बढेको हो ।

अर्थमन्त्रालयले उम्मेदवारहरुलाई फोन गरेर आइतबार विहान ९ बजे अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि उपस्थित हुन खबर गरेको छ । यता सार्वजनिक सूचना निकालेर समेत मन्त्रालयले विहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा सर्टलिस्टमा परेका ५ जनाको अन्तरवार्ता तथा प्रस्तुतिकरण हुने बताएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार मन्त्रिपरिषद समक्ष सिरफारिस हुने तीन जनाको नाम आइतबार नै टुंगो लाग्नेछ । तीन जनाको नाम तयार मन्त्रालयले आइतबार नै मन्त्रिपरिषदमा सिरफारिस गर्नेछ । ‘सोमबार क्याविनेट बस्दैछ, आइतबार नै नाम लगेर सोमबार नियुक्ति गराउने हाम्रो तयारी हो’ अर्थमन्त्रालयका एक अधिकारीले भने ।

धितोपत्र बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएकोमा सन्तोष नारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ, डा. नवराज अधिकारी, चिरञ्जीवि चापागाईं र कृष्णबहादुर कार्की सर्टलिस्टमा परेका थिए ।