‘नेपाली बैंकिङ प्रविधि विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्षम छ’

2.96K
shares

काठमाडौं, १६ असार । सिटिजन्स बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सञ्ज्ीव श्रेष्ठ नेपाली बैंकिङ प्रविधि विश्व बजारमा प्रतिपष्र्धा गर्न सक्षम रहेको बताएका छन् । नेपाली बैंकिङ प्रविधिबारे केटिएम भ्वाइससँगको कुराकानीमा उनले नेपालमा अहिले वल्र्डक्लासका प्रविधिहरु नेपाली बैंकहरुमा प्रयोग भइरहेको बताएका हुन् ।

उनले सिटिजन्स बैंकले अहिले विश्वको टप ५ मा पर्ने प्रविधि प्रयोग गरिरहेको समेत बताएका छन् । ‘हामी पहिले म्यानुअल बेसिसमा थियौँ, त्यतिबेला केही काम गर्नुपर्यो भने लामो समय लाग्थ्यो’ एसीईओ श्रेष्ठले भने, ‘हिजो स्टेटमेन्ट लिला ढड्डा पल्टाउनु पर्थो त्यसपछि प्रविधि स्तरोन्नति हुने क्रममा एसएमएस आयो, अहिले त अझ अत्याधुनिक प्रविधि भित्रिएको छ ।’

सिटिजन्स बैंकको प्राथमिकतामा प्रविधिमैत्री बैंकिङ भएको भन्दै उनले विश्वको टप ५ मा पर्ने कोर बैंकिङ सफ्टव्यर प्रयोग गरिरहेको बताए । उनका अनुसार सिटिजन्सले हार्डवेयरमा पनि हामीले विश्वका टप नै प्रयोग गरिरहेको छ ।

अबको युग डिजिटल र डिजिटाइजेनस नै भएको भन्दै सिटिजन्स बैंकले प्रविधिमैत्री बनाएर ग्राहकलाई सुरक्षित कारोबार गर्न विस्वास दिलाएको बताए । ‘प्रविधिसँगै केही चुनौतीहरु पनि हुन्छन्, यसलाई ध्यान दिदै हामीले सुरक्षामा विशेष ध्यान दिएका छौँ’ उनले भने, ‘प्रविधिबारे प्रयोगकर्ता आफै पनि सचेत हुनुपर्छ, सिटिजन्स बैंकको प्रविधि भने ढुक्क भएर प्रयो गर्न सक्नु हुनेछ ।’

भिडियोमा हेर्नुहोस् सिटिजन्स बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सञ्जीवकुमार श्रेष्ठसँग गरिएको कुराकानीः