GBIME

नेप्सेमा दोहोरो अंकको गिरावट

540
shares

काठमाडौं, २ असार । आइतबार शेयर बजार परिसूचक नेप्से पनि घटेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १७.०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५ विन्दुमा झरेको हो ।

आइतबार ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । आइतबार होटल तथा पर्यटन समूहको उपसूचक झिनो अंकले बढ्नु बाहेक बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १।७१ प्रतिशतले घटेको छ भने डेभलपमेन्ट बैंक समूह १.२० प्रतिशतले र अन्य समूहको उपसूचक १.१२ प्रतिशतले घटेको छ । आइतबार ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको छ ।

६ वटा कम्पनीको भने मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । नेपाल फाइनान्स कम्पनीका सेयरधनीहरुले आइतबार १० प्रतिशतले कमाएका छन् भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीहरुले समान १० प्रतिशतले नै गुमाएका छन् ।