GBIME

मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले लिए शपथ

516
shares

काठमाडौं, ३ असार । मधेश प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतालेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आईतबार आयोजित समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको उपस्थितीमा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ लगत्तै महतोले पदबहाली गरेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा सबैला नगरपालिका ६ निवासी महतोलाई प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६० को उपधारा २० बमोजिम गत बुधबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेको हो । उनि लामो समयदेखि वकालत पेसामा आबद्ध छन् ।

प्रदेशमा जसपा नेतृत्वको सरकार हटेपछि यसअघिका मुख्य न्यायक्तिवक्ता वीरेन्द्र ठाकुरले आफ्नो पदबाट राजिनामा दिएका थिए । त्यसपछि रिक्त सो पदमा महतोलाई नियुक्त गरिएको छ । मुख्य न्यायधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारको रुपमा काम गर्ने गर्छन्।