Nepal Life Banner (End Date 5 Magh 2081)

काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

1.79K
shares

काठमाडौं, ४ असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा न.४, तामाघाट स्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ । हल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर छन् ।

क्युआर कोड दसेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ग, कनेक्त आईपीएस स्मार्ट क्युर टेलर, (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा विना ईन्टरनेट चल्ने ग्क्क्म् मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।