GBIME

हिमालयन बैंक र सिटिजन्स क्यापिटल बैंक बीच निष्काशन सम्बन्धी सम्झौता

606
shares

काठमाडौं, ४ असार । आज एक समारोह बीच हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।