GBIME

कार्यपालिका सदस्य अनिता कार्कीको बालेनलाई प्रश्न : सिंहदरबार जलाउँछु भनिरहँदा महानगर जलाए के हुन्छ ?

600
shares

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई कार्यपालिका सदस्य अनिता कार्की ढोलीले गम्भीर प्रश्न गरेकी छिन् ।

उनले सिंहदरबार जलाउँछु भन्दै गर्दा महानगरपालिकाले दिएको जुन दरबार छ, त्यो दरबार जलाए भने त्यसको अवस्था के हुन सक्छ भनि गम्भीर प्रश्न गरेकी छिन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले महानगरको दरबारमा रजगज गर्दै गर्दा महानगरवासीले तिरेको राजस्वबाट बनेको दरबार भएको बताइन् ।

मेयर साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसको खण्डन गर्दै उनले कार्यपालिकामा छलफल नै नगरी नीति तथा कार्यक्रम प्रस्तुत हुनुले अरूको अधिकार हनन भएको बताइन् ।

कार्यपालिकामा पर्याप्त छलफल नगरी बलजफ्ती नगरसभामा नीति तथा कार्यक्रम ल्याएको भन्दै तीन जना वडाध्यक्षले ल्याएको साझा संशोधन प्रस्तावमा उनले सहमति जनाइन् ।