GBIME

भण्डारी सेवा समाज, नेपाल (रघुबंशी कौशिक गोत्रीय) मधेश प्रदेशको प्रथम साधारणसभा सम्पन्न

2.08K
shares

काठमाडौं, १४ असार । भण्डारी सेवा समाज, नेपाल (रघुबंशी कौशिक गोत्रीय) मधेश प्रदेशको प्रथम साधारणसभा २०८१।०३।१३ गते बिहीबार सर्लाहीको लालबन्दी न।पा। वडा नं।१५ स्थित मधेश प्रदेशकै नमूना पर्यटकीय स्थल तथा ऐतिहासिक पुष्पलाल स्मृति पार्क, (बोहरेडांडा, परवानीपुर, सर्लाही) मा सम्पन्न भएको केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज कुमार भण्डारीले जानकारी दिएका छन् ।

प्रदेश संयोजक बिक्रम भण्डारीको अध्यक्षता र केन्द्रीय अध्यक्ष बीरबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश ईञ्चार्ज कुमार भण्डारी केन्द्रीय उप(महासचिव) बद्रीकुमार भण्डारी, केन्द्रीय बरिष्ठ सदस्य थिरबहादुर भण्डारी , केन्द्रीय सदस्य शम्भु भण्डारी, केन्द्रीय सदस्य भक्तबहादुर भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

अबिरल भण्डारीले सञ्चालन गरेको उक्त साधारणसभाले बिक्रम भण्डारीको नेतृत्वमा १५ सदस्यीय मधेश प्रदेश समिति चयन गर्नुका साथै चन्द्रबहादुर भण्डारी सहित ९ जनाको सल्लाहकार समिति समेत गठन भएको केन्द्रिय उपाध्यक्ष कुमार भण्डारीले बताएका छन् ।

सो प्रदेश समितीको गठन पश्चात बसेको पहिलो बैठकले मधेश प्रदेश अन्तर्गत रहेको आठवटा जिल्लाबाट जिल्ला संयोजक (अध्यक्ष) समेत चयन गरेको छ ।