GBIME

फिल्मी शैलीमा सानिमा बैंकका डि–सीईओको भव्य बिदाइ

123.05K
shares

काठमाडौं, २१ असार । सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तेज चन्द बैंकबाट बिदा भएका छन् । लामो समय सानिमा बैंकमा बिदाएका चन्दले सेवा अवधि पूरा गर्दै बैंकबाट बिदा भएका हुन् ।

बिहीबार उनको बिदाइ फिल्मी शैलीमा नै आयोजना गरिएको थियो । बिदाइ समारोहमा हर्षित मुद्रँमा प्रस्तुत भएका चन्दलाई कर्मचारीहरुले भव्य रुपमा बिदा गरे । उनको बिदाइका लागि बैंकका कर्मचारीहरु कार्यालयको प्यासेजमा लामबद्ध भएर उभिएका थिए ।

चन्दको मुहारमा मुस्कान देखिए पनि कर्मचारीहरु धेरैको मुहारमा भावुकता देखिन्थ्यो । बैंक कर्मचारीहरुले उनलाई बैंक भवनका अगाडि सडक किनारासम्मै पुगेर ताली बजाएर बिदा गरे । सडक किनारामा चन्दको गाडि रोकिएको थियो । चन्दले गाडि चढ्नु अघि साउथ इण्डियन मुभीका हिरोको शैलीमा अभिवादन गरे । कर्मचारीहरुले बररररर….. ताली बजाए । त्यो समारोह साच्चिकै भव्य थियो । चन्दले बैंकमा साच्चिकै राम्रो काम गरेका थिए भन्ने कुरा उनको बिदाइ समारोहले पनि देखाउछ ।

सानिमा बैंकमा कार्यरत सगुन प्रजापतीले आफूलाई बैंकमा छोरा जस्तै व्यबहार गरेको भन्दै चन्दलाई सामाजिक सञ्जालमार्फत धन्यबाद दिएका छन् । उनले लेखेका छन्, ‘तपाईको सल्लाह र मार्गदर्शन साच्चिकै राम्रो थियो, हामी तपाईलाई मिस गर्नेछौँ । सानिमा बैंकमा मेरो ९ वर्ष तपाईसँग काम गर्दाको अनुभव उत्कृष्ट रह्यो ।’