Dhulikhel Eco Banner new

एक इन्जिनियर र दुई जना सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

2K
shares

काठमाडौं, २१ असार । पर्यटन विकास आयोजना एकाई कार्यालय, काठमाडौँका इन्जिनियर राजीव बस्नेत, सवइन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

निर्माण कार्य सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सवइन्जिनियरद्वय भट्टराई र अर्याललाई १७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

इन्जिनियर बस्नेत, सवइन्जिनियरद्वय भट्टराई र अर्याललाई भ्रष्टाचार निवारण ऐन बमोजिम १७ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय तथा बिगो बमोजिम जरिवानाको सजाय मागदाबी गर्दै मुद्दा दायर भएको छ ।