Dhulikhel Eco Banner new

सुनको मूल्यमा वृद्धि

2.2K
shares

काठमाडौं, २३ असार । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार १ हजार रुपैयाँ बढेको हो ।

आइतबार सुनको मूल्य १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८७० रुपैयाँमा कायम भएको चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।