GBIME

बाउन्न किसिमका रोग सङ्क्रमकको सूचीमा

420
shares

काठमाडौं, २३ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ किसिमका रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो।

सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तिपाइले स्क्रबटाइफस, कालाजार, रुबेलालगायतका रोगहरु रहेका छन् ।

सङ्क्रामक रोग विशेषज्ञ डा.अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचीकृत गरिएको बताए । उनले ती रोगले हुनसक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचीकृत गरिएको जानकारी दिए ।