GBIME

सोमबार सुनको मूल्यमा सामान्य गिरावट

1.52K
shares

काठमाडौं, २४ असार । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सोमबार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ४५ हजार रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने सो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।