Dhulikhel Eco Banner new
NCHL Banner 2081

१ अर्ब २९ करोड लागतमा काठमाडौं प्रहरीको आफ्नै भवन निमार्ण

2.03K
shares

काठमाडौं, २४ असार । काठमाडौं प्रहरीले टेकुस्थित आयल निगमको भवनबाट आइतबार भद्रकालीमा सरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंले भद्रकालीस्थित आफ्नै भवनबाट शान्ति, सुरक्षा र अपराध अनुसन्धानको काम गर्न थालेको छ ।

निर्माण कम्पनीसँग सम्झौता भएको करिब ४ वर्ष ४ महिनामा भवन निर्माण सम्पन्न भएको छ । १ अर्ब २९ करोड लागतमा अत्याधुनिक भवन बनेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

मन्त्रिपरिषद्ले खाद्य संस्थानको जग्गा खरिद गरेर प्रहरीको भवन बनाउने निर्णय गरेपछि निर्माण प्रक्रिया अघि बढेको थियो । भवन तयार भएसँगै लामो समयदेखि टेन्टमा बसेर सुरक्षा खटिनुपर्ने काठमाडौं प्रहरीको बाध्यता अन्त्य भएको छ ।

बेसमेन्टसहित १० तलाको भवन १५ रोपनीमा फैलिएको छ । दुई वटा ब्लकमा ब्यारेक, प्रशासन, क्यान्टिन, हिरासत कक्ष छन् । भवनको क्षेत्रफल १ लाख ८२ हजार स्क्वायर फिट रहेको एसएसपी रजौरेले बताए । प्रहरी प्रधान कार्यालयले २०७६ फागुनमा ३० मा निर्माण सम्झौता गरेको थियो ।

लुम्बिनी–खानी–समानान्तर जेभीले पहिलो चरणको निर्माण र बुद्ध–पशुपति–शिवजी जेभीले दोस्रो चरणमा भवन पुरा गरेका हुन् । मन्त्रिपरिषद्ले खाद्य संस्थानको जग्गा खरिद गरेर प्रहरीको भवन बनाउने निर्णय गरेपछि निर्माण प्रक्रिया अघि बढेको थियो । भवन तयार भएसँगै लामो समयदेखि टेन्टमा बसेर सुरक्षा खटिनुपर्ने काठमाडौं प्रहरीको बाध्यता अन्त्य भएको छ ।

नयाँ भवनमा सेवाग्राहीलाई सास्ती नहुने गरी व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसरकाठमाडौंका एसपी नवराज अधिकारीले  बताए । उनले भने– ‘सुरुमा नागरिक सहायता कक्ष राखेर हामीले सेवाग्राहीलाई सहजीकरण गरेका छौँ ।’