राजदुुुत यान्छी भन्छिन,: चीन र नेपालका परराष्ट्र मन्त्रालयले विद्यार्थी फर्काउने गृहकार्य गरिरहेको छ
वि.सं.२०७९ वैशाख ८ बिहीवार ११:४४
shares
काठमाडौं : चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई फर्काउन चीन सकरात्मक रहेको जनाएको छ। बिहीबार पत्रकार सम्मेलनमा कोरोना महामारी सुरु भएसँगै अध्ययन अपूरै छाडेर स्वदेश फर्किएका विद्यार्थीलाई फर्काउन आन्तरिक गृहकार्य भइरहेको चीनले जनाएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीच विद्यार्थी फर्काउन आन्तरिक गृहकार्य भइरहेको जानकारी गराइन् । उनले भनिन्, ‘कोभिडका कारण नेपाल–चीन उडान खुला भएको छैन। दुई देशमा परराष्ट्र मन्त्रालयबीच अलपत्र रहेका विद्यार्थी फर्काउने विषयमा छलफल र गृहकार्य भइरहेको छ। चाँडै समस्या समाधान हुन्छ।’
केहि समय अगाडि नेपाल भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि परराष्ट्रमन्त्री नारायण खड्काले यो विषय उठान गरेका थिए।
कोभिड– १९ का कारण स्वदेश फर्किएका चीनमा चिकित्सा शिक्षा (एमबिबिएस÷बिडिएस) अध्ययनरत विद्यार्थीको भविष्य अनिश्चित भएको भन्दै विद्यार्थीसमेत आन्दोलित बनेका थिए। पढाइपछि इन्टर्नसिप सक्न केही महिना मात्र बाँकी रहँदा स्वदेश आएका उनीहरू फर्किन पाएका छैनन्।
पीडित विद्यार्थीले शिक्षा, परराष्ट्र, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग तथा नेपाल मेडिकल काउन्सिलमा समेत समस्या समाधानका लागि पहल गर्न निवेदन दिएका छन्।