घट्यो निक्षेप, तर सुधारिएन तरलता समस्या
कहिले होला तरलता समस्या समाधान ?
वि.सं.२०७८ चैत ६ आइतवार १४:२५
3.43K
shares
shares
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । पछिल्लो एकसातामा २७ वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको नेपाल बैकर्स संघले जनाएको छ ।
३० फागुनसम्म बैंकहरुको कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ थियो । एक सातामा ९४ चैतसम्म० कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ । कर्जासँगै निक्षेप संकलन समेत घटेको संघले जनाएको छ ।