Nepal Life Banner

कसले चलाउदैछ सिवाईसी नेपाल लघुवित्त ? ६ महिनादेखि छैन कार्यकारी नेतृत्व

1.08K
shares

काठमाडौं, ५ साउन । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था पछिल्लो ६ महिना भन्दा लामो समयदेखि कार्यकारी नेतृत्व विहीन बनेको छ । यतिका लामो समयसम्म पनि लघुवित्तले कार्यकारी नेतृत्वविनै काम गरिरहेको छ ।

संस्थाको प्रवन्ध निर्देशकका रुपमा डोलेन्द्र प्रसाद शर्माले गत पुससम्म संस्थाको नेतृत्वमा थिए । केन्द्री बैंकको निर्देशन अनुसार बेंक तथा वित्तीय संस्थामा एकै व्यक्ति सञ्चालक समितिमा र कार्यकारी प्रमुखमा बस्न मिल्दैन । अर्थात, प्रवन्ध निर्देशन नै राख्न नपाउने निर्देशनविपरित शर्मा प्रवन्ध निर्देशक पदमा बसेका थिए ।

यस विषयमा केटिएम भ्वाइसले लगातार समाचार लेखेपछि राष्ट्र बैंकले उनलाई कुनै एक पद छाड्न निर्देशन दिएको थियो । यद्यपि, उनले दुबै पद छाडिसकेका छन् । शर्माले पद छाडे पनि संस्थाले नयाँ कार्यकारी प्रमुख नियुक्त गर्न भने सकेको छैन ।

लामो समयसम्म संस्थालाई कार्यकारी नेतृत्व विहीन बनाउदा संस्थाका कतिपय कामहरु प्रभावित भएका छन् । संस्थाका अध्यक्ष पद्यमनाथ शर्माले सूचना निकाल्दा समेत सीईओ नपाइएको बताउछन् ।

सिनियर डिसीईओ नियुक्ति अलपत्र

संस्थाले प्रमुख कार्यकारी अधिकृत पछिको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्न समेत सूचना निकालेको थियो । सूचना जारी भएपछि आधा दर्जन बढीले आवेदन समेत दिएका छन् । यद्यपि, यो प्रक्रिया सिवाईसीले अलपत्र पारेको छ ।

सिवाईसीले चैत १८ गते सिनियर डिसीईओका लागि आवेदन खुलाएको थियो । प्राप्त आवेदन मध्ये रित पूर्वक प्राप्त भएका आवेदनहरु सुरिक्षित राखिएको संस्थाले बताएको छ । गत २६ असारमा छनोट समितिले उम्मेदवारहरुलाई अन्तरवार्ताका लागि बोलाउने तयारी गरेको थियो ।

एक्कासी २३ असारमा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि भन्दै संस्थाले प्रक्रिया नै स्थगन गरेको छ । अहिले संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा बाबुराम कुँवर रहेका छन् । उनले काम चलाउ नेतृत्वको रुपमा काम गरिरहेका छन् ।